एमालेकाे भाेलि, माओवादीकाे १६ गते
सत्तारुढ नेकपा एमालेको हाइकमाण्ड भनिने सचिवालय बैठक बस्ने तय भएको छ । भोलि दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो ।
आगामी भदौ २०, २१ र २२ गते गोदावारीमा हुने विधान महाधिवेशनको तयारीका सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको छ । बैठककले साउन २ गते बस्ने पोलटब्युरो र साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कमिटीको बैठक एजेण्डासमेत तय गर्नेछ ।
यता, प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी मुख्यालय पेरिसड…