एमाले नेतृको प्रस्ताव दुई करोड, लगानीकर्ता शून्य
नेकपा (एमाले)की नेतृ शान्ता चौधरीको प्रस्ताव ‘शार्क ट्यांक नेपाल’मा अस्वीकृत भएको छ । उनको प्रस्तावमाथि कसैले चासो नदेखाएपछि थप लगानीको सम्भावना टरेको हो ।
युवाहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने र लगानी जुटाइदिने उद्देश्यले हालै सञ्चालनमा आएको उक्त रियालिटी शोमा पूर्व सांसद समेत रहेकी चौधरी पनि सहभागी भएकी थिइन् । ‘शान्ताको अचार’ कम्पनीका लागि दुई करोड लगानीको प्रस्ताव गरेकी थिइन् ।
डेढ वर्षअघि स्थापना भएको कम्पनीले हाल डेढ दर्जनभन्दा बढी प्रकार…