पाठकलाई माथि लान पापड
प्रधानमन्त्री केपी शर्मा ओली सुशासनका कुरा गरेर थाक्दैनन् । तर, उनी मातहतको राष्ट्रिय अनुसन्धान विभागमा दुई डिआइजीको दरबन्दी सिर्जना गर्न खोजिएको छ । आर्थिक रूपमा मुलुक जर्जर अवस्थामा छ । तर, भएकै संस्थाको औचित्य पुष्टि हुन नसकेको बेला नेता विशेषको चासो र स्वार्थमा जतिबेला पनि दरबन्दी सिर्जना गरी खुशी पार्ने प्रवृत्ति कायम छ ।
प्रधानमन्त्री मातहतको विभागमा लोकसेवाबाट लिइने परीक्षालाई बेवास्ता गर्दै सोझै नियुक्त गरिएला भन्दा पत्याउन गाह्रो पर्छ । तर, राष्ट्रिय सुरक्षा परिषद् र प्रधानमन्त्री कार्यालयमा दरबन्दी रहने गरी दुई जनालाई डिआइजी बनाउन खोजिएको छ । यसको लागि प्रधानमन्त्री कार्यालयले भूमि पाठकलाई समेत ल्याउन खोजेको स्रोत बताउँछ । माथिबाटै छनक पाएपछि विवादास्पद एसएसपी भूमि पाठक केही दिनअघि रातोघर पुगेको दावी स्रोतले गरेको छ ।
पाठक गोविन्दराज जोशी गृहमन्त्री हुँदा पिए थिए । उनको घर पर्वत हो । कांग्रेस, एमाले, माओवादी सबै दलको उच्च नेतृत्वसँग राम्रो सम्बन्ध बनाएका छन् । श्रीमती पत्रकार छिन् । उनीमार्फत पनि नेता र उच्च पदस्थसँग सम्बन्ध बनाइहाल्छन् । ‘एयरपोर्ट बसे, यता ललितपुरमा पनि बसे । ललितपुर बस्दा जग्गा राम्रै जग्गा जोडे । ललितपुरसँग बस्दा उद्योग वाणिज्य महासंघ र प्रचण्डका घरधनी शरदाप्रसाद अधिकारी पनि उठाए भन्ने छ,’ स्रोतले उनका हर्कतबारे दावी गर्दै भन्यो, ‘गोदावरीको क्रसर खानीबाट महिनावारी उठाएको पनि चर्चा थियो । केही दिनअगाडि रातोघर र सोही ताका पाठकले ललितपुरको लुभु लामाटारामा तीन–चार रोपनी जग्गा जोडेको बताइन्छ ।’
सातदोबाटोमा फ्ल्याट लिएका पाठकले ग्राण्डी अस्पताल नजिक घर भाडामा लगाएका छन् । छोराले आरजु राणा देउवाको महंंगो युलेन्समा पढेका हुन् । केही समयअघि छोराको व्रतबन्ध गोकर्ण रिसोर्टमा गर्दा चर्चा भएको थियो ।
– रमाकान्त झा
टिप्पणीहरू