अखिलबाट बाहिरिएकाहरू के गर्दै ?
अनेरास्ववियुको २४ औं महाधिवेशन गत जेठमा सम्पन्न हुँदा पहिलोपटक उमेर हदबन्दीको कारण महासचिव, ४ उपाध्यक्ष, ४ सचिव र कोषाध्यक्ष चुनिने अवसरबाट वञ्चित भए ।
३२ वर्षको उमेरहदका करण बिदा भएकाहरूको दैनिकी आजकल बागमती करिडोरको विभिन्न क्याफेमा बस्ने (बर्गर हाउस, डाउन एण्ड डक, चिया मन्त्रालय र नजिकै एमाले मुख्यालयमा पुगेर महासचिवलगायतसँग फाेटो खिच्दै सामाजिक सञ्जालमा पोष्ट गर्नेमा केन्द्रित भएको छ ।
अखिलका निवर्तमान अध्यक्ष समिक बडाल पार्टीको उपत्यका विशेष प्रदेश कमिटीमा सदस्य छन् । गोविन्द गिरी, नारायण घर्ती, मर्यादा बिष्ट, धर्म गिरी सञ्जीव धिताल र आशीर्वाद सुवेदी कतै आबद्ध छैनन् भने मनोज ताम्लीलाई झापा जिल्ला सचिवालयमा राखिएको छ । संगम अर्याल अर्थमन्त्री विष्णु पौडेलको सचिवालयमा छन् ।
सञ्जीव धितालको संगठित सदस्यता सिन्धुपाल्चोकमा छ । उनी अखिल सचिवबाट बिदा भएपछि अरूलाई सेटल गर्नुपर्यो भन्दै पार्टी महासचिवकोमा पुगेको स्रोतले जानकारी दिएको छ । आशीर्वाद सुवेदी विदेशको कार्यक्रममा गएका बेला महिलालाई दुव्र्यवहार गरेकोे आरोप लगाएर स्काउटले निलम्बन गरेको छ ।
एमाले महासचिव शंकर पोखरेल अखिलको महाधिवेशन उद्घाटनपछि दाङका भीमा डिसीलाई जसरी पनि जिताउनु भन्दै बेलायत गएका थिए । तर, धर्मले उल्टै हराउन भूमिका खेलेको प्रमाण र स्क्रिनसट हातमा पुगेपछि पोखरेल क्रुद्ध हुन पुगेका छन् । उनले धर्म गिरीलाई यता छिर्न नदिनू भनेको स्रोतले जानकारी दियो ।
प्रकाशलाई सहयोग गरेका एक नेता भन्छन् ‘अन्तिम घडीमा महासचिव बस्छु भनेर सन्देश पठाउनेले अहिले एमालेको आन्तरिक लोकतन्त्र जोगाएको प्रचार गराइँदै छ ।’ यिनले पनि गण्डकीमा पेलेको उदाहरण छ, लमजुङमा जसलाई अध्यक्ष बनाउनुपर्ने हा,े उनलाई उपाध्यक्ष बनाएका हुन् । गोरखामा सुरजलाई प्रदेशको प्रतिनिधिसमेत जान नदिएर निरंकुश व्यवहार देखाएका कारण गण्डकीबाट अपेक्षित मत पाउन नसकेको तथ्य भुल्न हँुदैन ।’
टिप्पणीहरू