भंगालमा विद्यालाई भेट्नेको लर्को

भंगालमा विद्यालाई भेट्नेको लर्को

असार १४ गते काठमाडौँको राष्ट्रिय सभागृहबाट एमालेको सक्रिय राजनीतिमा पुनः फर्कने उद्घोष गरेकी विद्या भण्डारीको निवास भंगाल (बूढानीलकण्ठ) जानेको लर्को छ । एक नेताका अनुसार ‘केपी ओलीका खास पात्रहरू समेतलाई त्यहाँ देख्दा छक्क परेँ । उनीहरू केपी ओली देखि वाक्क भएर आएका हुन् कि, विद्याको कुरा नाडी छाम्न आएका हुन्, मैले त छुट्याउनै सकिन !’ 

ती नेताका अनुसार विद्याले धैर्यताको साथ कुरा सुन्ने र अत्यन्तै कम बोल्ने, कसैको विरोध गर्नुहुँदो रहेनछ । मैले समय मागेको १ हप्तापछि भेट्ने अवसर पाएँ, खुलेर कुराकानी गर्न पाइयो, वहाँसँग भेटर थप उर्जा मिलेको छ” । स्रोतका अनुसार विद्याले देशभरका कार्यकर्ताहरूसँग सम्बन्ध विस्तार, बीचमा भेट नभएकाहरूसँग सम्बन्ध नवीकरण गरिरहनुभएको छ । केही कार्यकर्ता समय लिएर आउने त, केहीलाई विद्या आफैले बोलाउने गरेको कारण भन्नेबित्तिकै समय नमिलेको हो ।

उनले भने, ‘म पुग्दा र निस्कने बेला ताँती देखेको हुँ । ती नेताहरूको गोपनीयता किन भंग गर्नु ! केही नेता–कार्यकर्ताले अहिले दुबैतिर समदूरी राखेकाले पाए । ‘विद्यातिर खुलेर लाग्दा महाधिवेशनमा प्रतिनिधि खुस्कने डरले सुस्त गतिविधि गरिरहेका छाैँ,’ झापाबाट अस्ति सोमबार भण्डारीलाई भेट्न आएका एक एमाले नेताले बताए । 
 

टिप्पणीहरू