दास दिवस

दास दिवस

नेपालमा धेरै किसिमका दिवस मनाउने गरिन्छ । गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, संविधान दिवस आदि आदि । यसैक्रममा अब अर्काे एउटा दिवस पनि आउँदैछ – दास दिवस ! आउँदो असार २३ गते यो दिवस पर्छ । देशमा गणतन्त्र दिवस मनाउनुअघि यही दिवस धुमधामपूर्वक मनाउने गरिन्थ्यो । त्यतिबेला यो दिवसका दिन सार्वजनिक बिदा पनि हुन्थ्यो । देशमा गणतन्त्र दिवस मनाउन थालिएपछि यो दिवस मनाउन बन्द भयो । तर, यसपालिदेखि फेरि मनाउने प्रयास हुँदैछ । 

केही दास एवं दासप्रथावादीहरू मिलेर यो दिवस मनाउन लागिएको हो । देशबाट दास प्रथा त हटिसकेको छ । तर, उक्त दिन दास प्रथा पुनः लागू हुनुप¥यो भन्ने माग राखेर दासहरूले यो दिवस मनाउन लागेका हुन् । केही मान्छे यस्ता पनि हुँदा रहेछन् जसलाई स्वतन्त्र भएर पुग्दैन । दासै हुनुपर्ने हुन्छ । त्यस्तै दासहरूले दास प्रथा पुनःस्थापनाको माग गर्दै यो दिवस मनाउन लागेका हुन् । 

दास दिवसको उपलक्ष्यमा देश विदेशका सम्पूर्ण दासहरूलाई अग्रिम हार्दिक शुभकामना !

टिप्पणीहरू