नर्वेका राजदूतको बिदाई भेट
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग नर्वेका राजदूतले शिष्टाचार भेटवार्ता गरेकी छन् । राजदूत तोरुन द्रामदालले मन्त्री राणासँग हिजो दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा बिदाई भेट गरेकी हुन् ।
हिजै नेपालका लागि बंगलादेशका राजदूत शाफिकुर रहमानले पनि मन्त्री राणासँग भेट गरेका थिए । सो अवसरमा दुई मुलुकबीचको सम्बन्ध, आपसी सहयोगका विविध विषयमा छलफल भएको बताइएको छ ।
बंगलादेशी राजदूतसँगको भेटमा विशेषगरी ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, पर्यटन र जनस्तरको सम्पर्कका विविध आयाममा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
टिप्पणीहरू