विद्यालयमा ‘मनको कुरा गराउन’ मन्त्रालयको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक तथा सरकारी विद्यालयमा ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्न निर्देशन दिएको छ ।
७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दैमन्त्रालयले ‘मनको कुरा गरौं’ भन्ने नारासहित अभियान चलाउन निर्देशन दिएको हो । ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना’ नामसहित भोलिदेखि आउँदो फागुन ३० गतेसम्म अभियान सञ्चालन गर्न भनिएको छ ।
‘विशेषगरी किशोरकिशोरी तथा युवा वर्गहरुलाई लक्षित गरी विभिन्न सचेतना कार्यक्रम गरी मनाउनको लागि शिक्षा, विकास तथा समन्वय इकाइमार्फत देशैभरका विद्यालयहरुमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा सञ्चारका क्रियाकलाप सञ्चालन गर्न आवश्यक समन्वय गरिदिनुहुन अनुरोध छ,’ पत्रमा उल्लेख छ ।
टिप्पणीहरू