अदालतमा आतंक फैलाउने राजकुमार समातिए

अदालतमा आतंक फैलाउने राजकुमार समातिए

न्यायालय र न्यायाधीशहरुबारे लामो समयदेखि उग्र लेखन गर्दै आएका "डार्क फाइल" वाला राजकुमार तिमिल्सिना पोखरामा पक्राउ परेका छन्,यतैबाट गएको प्रहरी टोलीले समात्नासाथ उनलाई अहिले थप कानुनी कार्वाहीका लागि काठमाण्डौ ल्याइँदैछ ।

निकै समय अख्तियारलाई सूचना उपलब्ध गराई स्टिङ्ग अपरेसनमा समेत सँलग्न उनैले उपलब्ध गराएको फेक अडियोले उनीसहित एउटा अनलाइनका दुई सञ्चारकर्मीलाई जेल पुर्याएको थियो । अदालतको मानहानी गरेबापत सीधा कुरा.कमका युवराज कँडेल र नवीन ढुङ्गानासङ्गै जेल चलान भएर जेनजी आन्दोलन क्रममा भदौ २४ गते निस्किएका उनलाई फेरि थप डेढ महिना+३ महिना कैद भुक्तानका निम्ति सीधै केन्द्रीय कारागार लगिने बुझिएको छ । श्रोतका अनुसार,न्यायाधीशहरुलाई धम्काउने गतिविधिमा समेत खुल्लमखुल्ला जोडिएको कारण उनीमाथि अरु मुद्दा पनि थपिने सम्भावना छ ।

"छ महिनाका लागि जेल पठाइएका उनी ३ महिनामै निस्किएर कहिले सुर्खेत त कहिले पोखरातिर घुम्दै थिए । उनले पूर्व निर्धारित ३ महिना कैद भुक्तान गर्न बाँकी छ ।"

अन्नपूर्ण पोस्ट दैनिक र सर्वोच्चका तत्कालीन न्यायाधीश डा.आनन्दमोहन भट्टराईसमेतलाई जोडेर उनले एउटा अडियो बनाई प्रशारण गराएका थिए जसलाई डार्क फाइल नाम दिइएको थियो । छ  महिनाका लागि जेल पठाइएका उनी ३ महिनामै निस्किएर कहिले सुर्खेत त कहिले पोखरातिर घुम्दै थिए । उनले पूर्व निर्धारित ३ महिना कैद भुक्तान गर्न बाँकी छ । जेलबाट भागेवापत ३ महिनाको आधी कैद थप हुने कानुनी ब्यवस्था छ । यसवीच न्यायालयलाई धम्काउने गतिविधि सन्चालन गरेको हकमा भने छुट्टै कार्वाही  थालिने सम्भावना प्रवल छ । 

आजको जनआस्था साप्ताहिकमा "अदालतको गल्ती औंल्याउँदा मलाई किन जेल ?" शीर्षकअन्तर्गत उनको लामो लेख प्रकाशित छ ।

टिप्पणीहरू