रास्वपाको समानुपातिक सूचीप्रति महेश बस्नेतको कटाक्ष
नेकपा एमालेका सचिव महेश बस्नेतले वैकल्पिक राजनीतिको नाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नातावाद-कृपावादलाई संस्थागत गरेको दाबी गरेका छन् ।
व्यापारीका छोरादेखि नेताका आफन्तसम्मलाई समानुपातिकमा राखेर रास्वपाले कस्तो वैकल्पिक राजनीति गर्न चाहेको हो ? भन्ने उनको प्रश्न छ । रास्वपाले हिजो निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीलाई लिएर सोही पार्टीभित्र समेत विवाद चर्किएका बेला बस्नेतको यो प्रतिक्रिया आएको हो ।
बारबरा फाउन्डेसनका मान्छेसमेत समानुपातिकमा परेको भन्दै उनले देश र जनताको हितको कुरा गर्दै रास्वपाले विदेशीको सेवा गरेको टिप्पणी गरे ।
'समानुपातिक बन्द सूचीमा व्यापारीका छोरा, नेताका भान्जा, छिमेकी, अरू पार्टीका अवसरवादीदेखि विवादित बारबारा फाउण्डेसनका महासचिव मोहना अन्सारीसमेत अट्नु के को संकेत हो ?', बस्नेतले प्रश्न उठाएका छन्, 'योग्यता र योगदानको स्थान अब नाता, पहुँच र अर्थले लिएको हो ?'
बन्दसूचीमै नातावाद–कृपावाद हाबी हुन्छ भने फरक र वैकल्पिक राजनीति कसरी भयो भन्ने उनको अर्को प्रश्न छ ।
टिप्पणीहरू