न्यायाधीशलाई धम्की दिएको आरोपमा ‘अभियन्ता’ पक्राउ
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।
‘डार्क फाइल’ अभियानमार्फत् न्यायालयको बेथितिमाथि प्रश्न उठाउँदै आएका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले नियन्त्रणमा लिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशलाई धम्की दिएको आरोपमा उनलाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनले विभिन्न न्यायाधीहरुको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै जनकारवाहीको आह्वान गर्दै आएका छन् ।
टिप्पणीहरू