माधवको एसमा मिल्दै वामदेवको अभियान
नेकपा एमालेमा जान चाहेका तर बेवास्ता गरिएपछि 'अलपत्र' परेका नेकपा एकता अभियानका संयोजक वामदेव गौतम एकीकृत समाजवादीमा मिसिने निश्चित भएको छ ।
पत्नी तुलसा थापासहित केन्द्रीय कमिटीका दर्जनौँ नेताहरूलाई लिएर उहाँ आज विधिवतरूपमा एसमा एकीकृत हुन लाग्नुभएको हो । दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा दुई पार्टीबीच एकता घोषणा सभा हुँदैछ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र गौतमले असार २७ मा पार्टी एकीकरणको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उ…