काठमाडौं बारमा बैधताको झमेला
देशैभरका बारमध्ये सबैभन्दा बढी मतदाता रहेको काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको १९ सदस्यीय नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा अधिवक्ता सुबोधबाबु चिलुवाल अध्यक्षमा विजयी भए । चिलुवालले अध्यक्षका अर्का प्रतिस्पर्धी अधिवक्ता सुरेन्द्र तिवारीलाई भारी मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसनिकट कानुन व्यवसायी संगठन डिएलएका उम्मेदवार चिलुवालले १ हजार १ सय ११ मत ल्याउँदा एमालेनिकट कानुन व्यवसायी संगठन पिपिएलएका तिवारी १ सय ३० मतमा सीमित भए…