काण्ड अन्त,रास्वपामा जन्त

काण्ड अन्त,रास्वपामा जन्त

सुशासन,पारदर्शिता र राजनीतिक नैतिकताको नारा उरालेर राष्ट्रिय राजनीतिमा एकाएक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अर्का विवादास्पद पात्रको इन्ट्री भएको छ । अन्य पार्टीमा ठाउँ नपाएका र अवसरबाट बन्चितहरूको क्लबजस्तो बन्दै गएको सो पार्टीमा पछिल्लो पटक मदिरा काण्ड लागेका धनन्जय रेग्मीलाई रातो कार्पेट ओछ्याइएको हो ।

बुधबार रास्वपा मुख्यालय घण्टीघरमा प्रवक्ता मनिष झासहितका नेताहरूले उनलाई स्वागत गरेका थिए । एमाले सरकारद्वारा नेपाल पर्यटन बोर्डको पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त  रेग्मीले रास्वपाको सिध्दान्त,नीतिगत धारणा र समर्पित नेतृत्वप्रति पत्यार लागेर पार्टीमा सामेल भएको दाबी गरेका छन् । 

पार्टी प्रवेश कार्यक्रममा उनले पुराना दलबाट मुलुकको समृध्दि सम्भव नहुने ठोकुवा गर्दै रास्वपा रोजेको बताएका थिए । यद्यपि उनी आफैँमा चोखो मान्छे होइनन् । पर्यटन बोर्डको सिइओ हुँदा अनेकन विवादमा मुछिएका व्यक्ति हुन् उनी । 

रेग्मीमाथि अवैध मदिरा ओसारपसार मात्र होइन सुन तस्करी गरेको गम्भीर आरोपसमेत लागेको थियो । बोर्डको सिइओको हैसियतमा विदेश गएका बेला ६ बोतल अवैध बिदेशी मदिरा ल्याउँदा विमानस्थलमा कर्मचारीसँग झडप भई पाँच हजार जरिवाना बुझाउनु र रक्सी पनि भन्सार दाखिला गराउनु परेको थियो ।

त्यसो त, रास्वपामा विवादित पात्रहरुको सूची लामै छ । स्वयं सभापति रवि लामिछाने सहकारी काण्डले जेल पुगेका छन् । भैरहवा कारागारमा रहेका उनलाई छुटाउन रास्वपाले हस्ताक्षर र नगद संकलन अभियान चलाइरहेको छ । कास्की,काठमाडौं,चितवन, रुपन्देही र पर्सा जिल्लाका ६ वटा सहकारीबाट गैरकानुनी तवरले पैसा ल्याई जिबी राईसँग मिलेर खोलिएको ग्यालेक्सी टिभीमा प्रवन्ध निर्देशक रहेका लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको रास्वपाको ठहर छ । 

मुहान नै धमिलो भएपछि धारामा संग्लो पानी आउँदैन भनेझैँ सभापतिपछिको वरीयताका उपसभापति डोलप्रसाद अर्याल,सुमना श्रेष्ठलगायत पनि विवादमुक्त छैनन् । रवि जेल परेपछि कार्यवाहक बनेका डोलप्रसादमाथि पहिले सहकारीको रकम अपचलन गरेको आरोप लागेको थियो । मेनपावर कम्पनीका मालिक उनी स्वार्थ बाझिनेगरी श्रममन्त्री हुँदा विवादमा परेका थिए । 

मुहान नै धमिलो भएपछि धारामा संग्लो पानी आउँदैन भनेझैँ सभापतिपछिको वरीयताका उपसभापति डोलप्रसाद अर्याल,सुमना श्रेष्ठलगायत पनि विवादमुक्त छैनन् । रवि जेल परेपछि कार्यवाहक बनेका डोलप्रसादमाथि पहिले सहकारीको रकम अपचलन गरेको आरोप लागेको थियो । मेनपावर कम्पनीका मालिक उनी स्वार्थ बाझिनेगरी श्रममन्त्री हुँदा विवादमा परेका थिए ।

जापानको कम्पनीसँग मिलेर मनी एक्सचेन्ज सन्चालन गर्दा उनले बदमासी गरेको प्रमाण हालै बाहिर आएको छ । शिक्षामन्त्री हुँदा पोल्याण्डका पतिलाई पुल्चोक क्वार्टरमा राखेको र राज्यको सूचनामा पहुँच दिएको आरोप सुमनामाथि थियो। 

केन्द्रीय सदस्य ज्वाला संग्रौला अर्को विवादित पात्र हुन् । रास्वपामा प्रवेश गर्नुअघि अहिलेको आशिका तामाङजस्तै "अभियन्ता" बनेर हिंडेकी उनले ड्युटीमा रहेका एक जना ट्राफिक प्रहरीसँग झगडा गरेर मुद्दा मामिलासमेत खेप्नुपरेको थियो । महाराजगन्ज प्रहरी वृत्तमा उनले त्यहाँ कार्यरत असईं मणिकान्त झालाई रंगभेद हुनेगरी अपमानजनक ढंगले गालीगलौज गरेकी थिइन् । 

‘न्यायाधीशलाई झोले’ भन्दा संग्रौलामाथि अदालतको अवहेलना मुध्दा पनि चलेको थियो । रविकी श्रीमती निकिता पौडेलको नारी टेलिभिजनमा कार्यरत उनले केही महिनाअघि सामाजिक सञ्जालमार्फत आफ्नै पार्टीका नेताहरुलाई गालीसमेत गरेकी थिइन् ।

अर्का केन्द्रीय सदस्य मोहनजङ्ग थापा अध्यागमन कानुन मिचेको आरोपमा विदेशमा पक्राउ परेको घटना धेरै पुरानो होइन । रविको ‘आर्थिक व्यवस्थापक’ भनी चिनिएका उनी गत फागुनमा नेपालबाट अमेरिका जाने क्रममा पेन्सिल्भेनिया अन्तराष्ट्रिय विमानस्थलबाट समातिएका थिए ।  

लामो समयदेखि अमेरिका बस्दै आएका म्याग्दीका थापा अमेरिकी कानुन तोडेको आरोपमा पटक-पटक कारवाहीमा परेका व्यक्ति हुन् । बिए ०१४९५६२ राहदानी भएका उनको अमेरिका, जापानसहित विभिन्न देशको वैदेशिक यात्रासमेत स्वभाविक देखिंदैन । 

रविको गृहमन्त्रीकालमा प्रहरी अधिकृतहरुको सरुवा-बढुवामा बार्गेनिङ गरेको आरोपसमेत उनीमाथि थियो । सहकारी काण्डमा समातिएका सभापतिको बचाऊमा कार्यकर्ताले गरेको सडक प्रदर्शनमा स्रोत व्यवस्थापन थापाले नै गरेको बताइन्छ ।

 

टिप्पणीहरू