पूर्व राष्ट्रपतिको व्यक्तिगत वेबसाइट सार्वजनिक

पूर्व राष्ट्रपतिको व्यक्तिगत वेबसाइट सार्वजनिक

नेकपा एमालेको नेतृत्वमा पुग्ने तयारीका साथ सक्रिय राजनीतिमा फर्किएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सञ्चालनमा आएको छ ।

पूर्व राष्ट्रपति भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरणसहित राजनीति तथा सामाजिक परिवर्तनमा उहाँले पुर्याएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउन वेबसाइट सञ्चालनमा ल्याएको जानकारी गराइएको छ । 

'विद्याभण्डारी डटकम डट एनपी' नामक वेबसाइटमा उहाँको सार्वजनिक जीवन, राजनीतिक योगदान, ष्ट्रपतिको रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा जनाएको सहभागिता, विभिन्न उच्चस्तरीय भेटघाटका लिखित लिखित तथा श्रव्य-दृश्य सामाग्री समेटिएका छन् ।वेबसाइटकाे गृहपृष्ठमा भण्डारीको भनाइ ‘मूल्य, विचार र उद्धेश्यबिना राजनीति केवल सत्ताको लोभ हो’ लाई हाइलाइट गरिएको छ ।

समकालीन राजनीति र इतिहासमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आमनागरिकका लागि यो वेबसाइट सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने भण्डारीको सचिवालयले विश्वास लिएको छ ।
 

टिप्पणीहरू