दुर्गा प्रसाईको टोली सिंहदरबार जाँदै
सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको 'नागरिक बचाउ महाभियान' बीच आज वार्ता हुँदैछ ।
दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वार्ता हुन लागेको हो । महाभियानको तर्फबाट संयोजक प्रसाईंले वार्ताको नेतृत्व गर्ने बताइको छ ।
सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्की स्वयं वार्तामा सहभागी हुने तय भएको छ । मंगलबार आफ्ना २७ बुँदे मागबारे जानकारी गराउन बालुवाटार पुगेका प्रसाईंलाई प्रधानमन्त्री कार्कीले सिंहदरबारमा छलफल गर्ने भन्दै आजको लागि समय दिएको बुझिएको छ ।
राजसंस्था पुनःस्थापनको पक्षमा वकालत गर्दै आएको प्रसाईं समूहले राजतन्त्र र हिन्दुराष्ट्रका बारेमा जनमत संग्रह गर्नुपर्ने माग अघि सारेको छ । त्यस्तै, प्रदेश खारेज संरचना खारेज, प्रत्यक्ष कार्यकारीको निर्वाचन जस्ता संविधान संशोधनसँग प्रत्यक्ष सम्बन्धित मुद्दा पनि २७ बुँदेमा राखेको छ ।
टिप्पणीहरू