गृहमन्त्रीकै अगाडि मुख्यमन्त्रीको उद्घोष : ओली बयानमा जानु आवश्यक छैन

गृहमन्त्रीकै अगाडि मुख्यमन्त्रीको उद्घोष : ओली बयानमा जानु आवश्यक छैन

गृहमन्त्री ओमप्रकाश अर्याल र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेन जी प्रदर्शन र विध्वंशबारे सार्वजनिक रूपमा विरोधाभासपूर्ण धारणा राखेका छन्। विराटनगरमा आयोजि सुरक्षा भेलामा बोल्दै गृहमन्त्री अर्यालले वर्तमान सरकार जेनजी आन्दोलनको जगमा बनेको बताएका थिए । त्यसकारण सरकार सुशासन र लोकतन्त्रका लागि प्रतिबद्ध रहेको उनको दाबी छ । 

तर मुख्यमन्त्री कार्कीले भने भदौ २३ र २४ मा भएको घटनालाई “साम्राज्यवादको नयाँ रूप” भनिदिए । उनले सुरक्षा अवस्था सरकारको नियन्त्रण बाहिर गएको दुर्लभ घटना भएको र जेनजी विध्वंशले देशको शान्ति–सुरक्षामा ठूलो चुनौती प्रस्तुत गरेको बताए।

मख्यमन्त्री कार्कीले घटनाको विवरण दिँदै भने, ‘देशभरि राष्ट्रिय झण्डा काँधमा राखेर महत्वपूर्ण संरचना र सम्पदा ध्वस्त पारिएको, जेलबाट अपराधीहरू फरार भएको, सुरक्षाकर्मीका सवारी साधनमा आगो लगाइएको र हतियार लुटिएकाले यो कुनै आकस्मिक वा सानो घटना होइन।’

नका अनुसार भदौको विध्वंस देशका लागि दुर्लभ क्षण हो । प्रहरी, सेना, अनुसन्धान सबै संयन्त्र फेल भएका थिए । सबैजसो घरबाट भाग्न बाध्य भएकाले देशको सुरक्षा अवस्था हाम्रो नियन्त्रणमा थिएन भन्ने स्पष्ट देखाउँछ। त्यसैले तयो साम्राज्यवादकै रूप भएको उनको निश्कर्ष छ। 

मुख्यमन्त्री कार्कीले जाँचबुझ आयोगको संयोजकको रूपमा विवादित पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नियुक्ती गैरकानुनी भएको बताए । कार्की आयोगले प्रिमाइन्ड सेटबाट निष्कर्ष निकाल्ने भएकाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा बयान दिन जानु आवश्यक नरहेको उनको भनाइ छ । 

गृहमन्त्री अर्यालले भने आयोगको निष्कर्ष स्वतन्त्र र कानुनी प्रक्रियाअनुसार आउने दाबी गरे।
 

टिप्पणीहरू