जाँचबुझ आयोगको टोली प्रधानमन्त्री कार्यालयमा
भदौ २३ र २४ को घटना छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री भेट्न आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको टोली दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेको थियो । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी रहेको बताइएको छ ।
आयोगको तर्फबाट संयोजक कार्कीसँगै सदस्यहरू विज्ञानराज शर्मा र विशेश्वरप्रसाद भण्डारी पनि छलफलमा सामेल थिए ।
टिप्पणीहरू