चर्चामा दल, पदमा पुग्न जोडबल
दलहरूको महाधिवेशन चार या पाँच वर्षमा गर्नुपर्ने व्यवस्था छ । अन्तिम नतिजा आएदेखि नै जित्ने समूहलाई कसरी टिकिरहने र अर्को महाधिवेशनमा पनि कसरी जित्ने भन्ने चिन्ता शुरु भइहाल्छ । हार्नेलाई जसरी पनि अर्के महाधिवेशनमा त नेतृत्वमा पुग्छु भन्ने हुटहुटी हुन्छ । थोरै मात्रै नेता त्यस्ता हुन्छन् जो एक पटक पार्टीको आन्तरिक चुनाव जितेपछि पुग्यो भनेर साइड लाग्छन् ।
उमेर हद लागू गर्ने निर्णयबाट पछि हट्नु र अरुलाई लाग्ने नियम आफूलाई नलाग्ने व्याख्या गर्नु पदमा रहिरहने मनोकांक्षा हो । कत…