ताप्लेजुङमा केबलकार, काठमाण्डौमा अनेक हतार
फाइल फाेटाे
ताप्लेजुङको पाथीभरामा केबलकार बन्दैछ । यसबाट लाभान्वित वा प्रभावित हुने पहिलो हकदार सोही जिल्लावासी हुन् । तीसौँ बर्ष पहिले संखुवासभामा अरुण तेस्रो परियोजना बन्न लाग्दा सो को विरोधमा अहिले चलनचल्तीको भाषामा अभियन्ता तर उहिलेका होनहार मानवअधिकारवादी गोपाल शिवाकोटी "चिन्तन" हरुले काठमाण्डौ र वासिङ्गटन डिसीतिर भयानक भेलाहरु आयोजना गरेको देखी जान्नेहरु प्रशस्तै छन् । त्यसपछि लोडसेडिङले मुलुकलाई कति बर्षसम्म अन्धकारमा डुबायो,सबैलाई जानकारी नै छ । अहिले पनि ताप्लेजुङतिर बाहिरका बासिन्दाको राम्रै नजर गइरहेको देख्न पाइन्छ ।
पाथीभरामा केबलकार चलाउन दिने या नदिने भन्ने विवाद समाधानार्थ यसअघिको वार्ता समितिलाई भंग गरेर फेरि अर्काे कार्यदल बनाइएको छ जसमा ताप्लेजुङ जिल्लाको प्रतिनिधित्व देखिन्न।
उदाहरणका लागि आजै आइतबारको वार्ता टोलीमा सहभागीहरूको सूची हेरौं:
१.सरस्वती सिंघक (सरु) माइती ताप्लेजुङ्ग,लामो समय विदेशमा,हाल झापा
२.यासेली योङ्गहाङ्ग (मुन्धुम जानकार,कलाकार) पाँचथर
३.सूर्यबिक्रम चेम्जोङ्ग (अहिले जसपा नेता,धनकुटा)
४.खगेन्द्र माखिम (पहिले संघीय लिम्बुवान पार्टीमा सक्रिय,अहिले पहिचानवादी-तेह्रथुम)
५.सन्तोष मेहता ( राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी ) सुनसरी
६.दिलकुमार लावती (नागरिक उन्मुक्ति पार्टीको सहसचिव) पाँचथर
७.आङकाजी शेर्पा (जसपा) सोलुखुम्बू
८. राजकुमार नाल्बो (नेपाल जनमुक्ति पार्टी नेजपा, घर ताप्लेजुङ्ग,मुकाम काठमाडौँ )
९.रन्धोज तम्लिङ्ग (पाँचथर)
टिप्पणीहरू