सभामुखसँगको छलफल लम्बिएपछि संसद बैठक दुई घण्टा ढिलो
प्रतिनिधि सभाको आजको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो बसेको छ । दिउँसो १ बजे डाकिएको बैठक पौने ३ बजे शुरु भएपछि अहिले सुचारु छ ।
सभामुख देवराज घिमिरेसँग बिहान पौने १२ बजेदेखि प्रमुख दलका सचेतकहरुले गरेको छलफलपछि प्रतिनिधिसभाको बैठक बसेको हो । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसिया, प्रतिनिधि सभाका उपसभामुख इदिरा राना, संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डे, प्रतिनिधि सभाका सचिव हर्कराज राई, कार्यव्यवस्था परामर्श समितिका सहसचिव एकराम गिरी लगायतको पनि उपस्थिति थियो ।
टिप्पणीहरू