नेपाली पत्रकारलाई बरु भारतले सम्झियो
नेपालका पत्रकार बैकुण्ठ भण्डारी भारतमा सम्मानित भएका छन् । कृषि पत्रकार महासंघका अध्यक्ष बैकुण्ठ भण्डारीलाई भारतकाे मधुवनीमा उत्कृष्ट कृषि पत्रकारिता अवार्डबाट सम्मान गरिएकाे छ ।
सतत भविष्यका लागि नवीन कृषि सन् २०४७ सम्म विकसित भारत रणनीतिकाे मूल नारासहित एसके चाैधरी शिक्षा न्यासद्वारा आयाेजित ९ ओेैं अन्तर्राष्ट्रिय मेगा कृषि महासम्मेलनका अवसरमा भारत सरकारका खाद्य उपभोक्ता मन्त्री लेसी सिंहले मधुवनीमा आयाेजित एक बिशेष कार्यक्रमवीच आइतबार भण्डारीलाई साे अवार्ड प्रदान गरेका हुन् ।
२६ बर्षदेखि पत्रकारितामा क्रियाशील भण्डारी कृषि बिषयलाई मात्र समेटेर प्रकाशन हुने नेपालकाे पहिलाे कृषि साप्ताहिकका संस्थापक सम्पादकसमेत हुन् ।
कृषि पत्रकार महासंघको अध्यक्ष रहेका भण्डारीलाई पत्रकारिताका माध्यमबाट कृषि तथा खाद्य सुरक्षाका बिषयमा सञ्चार वकालत गर्दै नेपाली किसानका हकहितमा कलम चलाउँदेै आईरहेकाे याेगदानको कदरस्वरूप न्यासले साे अवार्ड प्रदान गरेकाे बताइन्छ ।
टिप्पणीहरू