माओवादी कमरेडहरुको कार्यविभाजन

माओवादी कमरेडहरुको कार्यविभाजन

नेकपा (माओवादी केन्द्र) ले नेताहरूको जिम्मेवारी बाँडफाँट र कार्यविभाजन गरेको छ । 

गत माघ २१ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय नेताहरुको जिम्मेवारी तोकेको हो । आज माहसचिव देवप्रसाद गुरुङ्गले पार्टीपंतिलाई पठाएको अन्तरपार्टी निर्देशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको कार्यविभाजन गरेको उल्लेख छ । 

जसअनुसार पार्टीको वैचारिक राजनीतिक क्षेत्रको संयोजक र स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष प्रचण्डले नै राखेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख बनाइएको छ । यो विभागमा उपाध्यक्ष पम्फा भुसाल र सचिव सुरेन्द्र कार्की उपप्रमुख तोकिएका छन् ।

उपाध्यक्षत्रय कृष्णबहादुर महरालाई राज्य व्यवस्था मामिला, अग्निप्रसाद सापकोटालाई मानव संसाधन तथा सामाजिक क्षेत्र, पम्फा भुसाललाई समावेशी तथा सामाजिक न्याय क्षेत्रको जिम्मेवारी तोकिएको छ । महासचिव देवप्रसाद गुरूङको भागमा संघीय मामिला क्षेत्रको संयोजकको जिम्मेवारी परेको छ ।

उपमहासचिव वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख तोकिएको छ भने महत्वपूर्ण मानिने संगठन विभागको नेतृत्व अर्का उपमहासचिव जनार्दन शर्माले पाएका छन् ।

टिप्पणीहरू