स्कूल बस भीरबाट खस्यो,चालकसहित चारको मृत्यु

स्कूल बस भीरबाट खस्यो,चालकसहित चारको मृत्यु

राजधानीमा सञ्चालित एउटा बोर्डिङ्ग स्कूलको बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–३ स्थित जूनकिरी बोर्डिङ्ग स्कूलको बस भञ्ज्याङ्गको ओरालोबाट झण्डै ८० मीटर तल खसेको हो ।

स–साना बालबालिकालाई घर पुर्याउने क्रममा आज दिँउसो ३ बजेर ३५ मीनेटमा बस दुर्घटनामा परेको वडाध्यक्ष प्रचण्डमान सिंह बस्नेतले बताए । बस चालकको निधन भइसकेको छ । ६ जना बालबालिकाको नख्खुस्थित मेडिसिटी र पाँच जनाको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

‘विद्यार्थीहरुलाई घर फर्काउने क्रममा बस भीरबाट खसेछ । चालकलाई अस्पताल लगे पनि बचाउन सकिएन । धेरै विद्यार्थी गम्भीर घाइते भएका छन् । स–साना बालबालिका भएकाले पनि धेरै अत्तालिए । हामी अहिले घाइतेहरुलाई हेर्न अस्पताल गइरहेका छौं’, 

केहीलाई राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको उनले जानकारी दिए । घटनास्थलमा सशस्त्र प्रहरी बल, नेपालको १८ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० जनाको टोली खटिएको छ । 

‘विद्यार्थीहरुलाई घर फर्काउने क्रममा बस भीरबाट खसेछ । चालकलाई अस्पताल लगे पनि बचाउन सकिएन । धेरै विद्यार्थी गम्भीर घाइते भएका छन् । स–साना बालबालिका भएकाले पनि धेरै अत्तालिए । हामी अहिले घाइतेहरुलाई हेर्न अस्पताल गइरहेका छौं’,उनले भने ।

टिप्पणीहरू