शहरभित्र

सगरमाथाको उचाइ

सगरमाथाको उचाइ ८० सेन्टिमिटर जति बढेको देखेर नेपालीहरू अत्यन्त खुशी भएका छन् । यसबारे हल्लाखल्ला प्रशस्तै भएको देखियो । यसमा किन यति धेरै हल्ला भएको हो त्यो भने थाहा भएन । बढ्नु के ठूलो कुरा हो र ? देशमा महँगी हरेक दिनै बढिरहेको छ । त्यसमा कसैलाई गर्व छैन । बलात्कार दिनदिनै बढिरहेको छ । त्यसमा पनि कसैलाई गर्व छैन । अपराध त झन् बढेको बढ्यै छ । भोकमरी बढिरहेको छ । गरिबी बढिरहेको छ । चोरी बढिरहेको छ । यस्तो बेला पनि कोरोना त झनै बढिरहेको छ । तर ख्वै, यसमा फेरि कसैले च…