​बहुदल ठीक, बहुमत बेठीक

यो दुनियाँमा कांग्रेसजस्तो अनौठो प्रजातान्त्रिक पार्टी शायद नै अर्को होला । किनभने कांग्रेसजन बहुदलमा त विश्वास गर्छन् तर, बहुमतमा विश्वास गर्दैनन् । 

त्यसको उदाहरण भर्खरै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभयो । उहाँले अस्ति मात्र पार्टीभित्रका विपक्षीहरुको भेला डाक्नुभएको थियो । भेलालाई संबोधन गर्दै भन्नुभयो— पार्टीभित्र बहुमतले गरेको निर्णय नमान्ने । 

सबैलाई थाहा छ, सभापति शेरबहादुर देउवा पनि गिरिजा र सुशीलको पालामा त्यसै भन्नुहुन्थ्यो— हामी बहुमतको निर्णय मान्दैनौँ । सरकारले बहुमतको आधारमा गरेको निर्णय आफूलाई स्वीकार्य नहुने धम्की उहाँ दिनुहुन्थ्यो । अब उहाँकै पार्टीभित्र पनि बहुमतको निर्णय नमान्ने कुरा अगाडि आएको छ । रामचन्द्र पौडेलले देउवाको बहुमत नमान्ने, देउवाले केपी ओलीको बहुमत नमान्ने । यसलाई कांग्रेसी लोकतन्त्रको मौलिक विशेषता नै भन्नुपर्ला । बहुदललाई स्वीकार गरे पनि बहुमतलाई भने स्वीकार नगर्ने यस्तो दर्शन कांग्रेसबाहेक अन्त पाउन सकिँदैन । कि कसो ? 

टिप्पणीहरू