नेम्वाङको सपना

नेम्वाङको सपना

देशबाट वंशाणुगत राजतन्त्र हटे पनि इलाममा भने त्यो कायमै रहेको देखियो । आखिर चुनावमा कमरेड सुभाष नेम्वाङकै वंशले जितेर देखायो । विजेता युवराज सुहाङ नेम्वाङलाई बधाई ! अब उहाँ चुनावअघिको प्रतिबद्धताअनुरूप बुबा सुभाष नेम्वाङको सपना पूरा गर्नतिर लाग्नुहुन्छ होला । उहाँले चुनाव अघिका सबैजसो अन्तर्वार्तामा भन्नुभएको थियो– म बुबाको सपना पूरा गर्न लाग्नेछु । 

तर प्रश्न छ– कमरेड सुभाष नेम्वाङको सपनाचाहिँ के हो त ? सुभाष नेम्वाङले के सपना देख्नुभएको थियो ? उहाँको अन्तिम सपना त देशको राष्ट्रपति बन्ने थियो । त्यो सपना पूरा हुन पाएन । एमालेले नै त्यो सपना पूरा नहुने हिसाब बनाइदिएको थियो । के छोरा सुहाङले अब त्यो पूरा गर्लान् ? यदि उहाँले पूरा गर्ने प्रयासै गर्नुभयो भने पनि एमालेका नेताहरूले पूरा गर्न देलान् ?
 

टिप्पणीहरू