शहरभित्र

उडाउने होइन गुडाउने

गत साता पूरा भक्तपुर डुबानमा परेपछि देशभरि पानीजहाजको चर्चा चल्यो । सामाजिक सञ्जाल पूरा पानीजहाजमय बन्यो । सबैले भन्न थाले कि अबचाहिँ देशमा पानीजहाज चल्ने निश्चित भयो । डुबान त नेपालमा योभन्दा पहिले पनि भएकै हो । डुबान नभएको वर्षै कहिले पो छ र ? भक्तपुर नभए कीर्तिपुर, कीर्तिपुर नभए जनकपुर, जनकपुर नभए टनकपुर त डुबानमा परिरहेकै थियो । तर, पहिला–पहिला डुबानका बेला यस्तो पानीजहाजको चर्चा चल्दैनथ्यो । अहिले बेस्कनै चर्चा चलेको देखियो ।  वास्तवमा पानीजहाजप्रति …