नयाँ सभामुख

जसरी होस् प्रतिनिधि सभाले अब सभामुख पाउने भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएपछि बाटो खुलेको हो । नयाँ सभामुखमा पूर्वमाओवादीका तर्फबाट कमरेड अग्नि सापकोटाको नाम चयन भएको छ । अतः कमरेड सापकोटा नै नयाँ सभामुख बन्ने करिब–करिब पक्का छ । तथापि, उहाँका नाममा पनि अनेक प्रश्न नआएका होइनन् । आरोप छ, जनयुद्धताका व्यक्तिहत्याको कार्यमा उहाँ पनि संलग्न हुनुहुन्थ्यो । पूर्वसभामुखमाथि बलात्कारको आरोप लागेको थियो । नयाँ आउने सभामुखमाथि हत्याको आरोप लाग्दै छ । कतै कमरेड सापकोटाले सभामुख नियुक्त नहुँदै  राजीनामा गर्नुपर्ने त होइन ? 

अब कमरेड सापकोटामाथि व्यक्ति हत्याको आरोप लाग्यो भन्दैमा आत्तिहाल्नुपर्ने कुनै कुरा छैन । किनभने अहिले राजनीतिमा कुनै पनि आरोप नलागेको नेता कहाँ पाइन्छ ? हरेक नेतामाथि कुनै न कुनै आरोप लागेकै हुन्छ । वा भनुँ, त्यस्तो कुनै न कुनै आरोप लागेपछि मात्रै उहाँहरू नेता बन्ने हो । बिनाआरोप नेता कसरी बनिन्छ ? जति बढी आरोप, त्यति ठूलो नेता । अतः कमरेड सापकोटालाई मात्र किन यत्रो आँखाले हेर्नु प¥यो ?

टिप्पणीहरू