​क्रिश्चियन बाबाहरू के कम ?

ललितपुरस्थित एउटा चर्चको पाष्टर पनि बलात्कारको आरोपमा पक्राउ परेका छन् । अचेल चोर, लुच्चा, फटाहाहरूले बलात्कारको पूरै जिम्मा देशका मार्मिक बाबाहरूलाई सुम्पेर गएका हुन् कि जस्तो लागेको छ । अस्ति मात्रै एकजना हिन्दू बाबालाई बलात्कारको आरोपमा सुनसरीमा समातिएको थियो । अहिले क्रिश्चियन ‘बाबा’लाई पनि बलात्कारकै आरोपमा समातिएको छ ।

अहिले देशमा क्रिश्चियन धर्मावलम्बीहरू बढिरहेको तथ्यांक छ । अतः क्रिश्चियन धर्मगुरुहरूलाई लाग्यो होला, देशमा क्रिश्चियन धर्मावलम्बीहरू बढिरहेकै छ भने त हामी मात्रै हिन्दू धर्मगुरुभन्दा के कम ? हामीले पनि त्यही गर्न पाउनुपर्छ जे हिन्दू गुरुहरूले गर्ने गर्छन् । अतः हिन्दू बाबाले बलात्कार गर्न मिल्छ भने हामी क्रिश्चियन बाबाले मात्र किन मिल्दैन ? आखिर बलात्कारमाथि हिन्दूहरूको मात्रै एकल अधिकार रहेको त होइन । त्यसमाथि देश त धर्म निरपेक्षसमेत भइसक्यो । हिन्दू अथवा बौद्धहरू जे जे गर्छन् हामीले पनि त्यही त्यही गर्न पाउनुपर्छ भन्ने क्रिश्चियन बाबाहरूको भनाइ हुनुपर्छ । सायद यही सोचेर हिन्दू बाबाहरूजस्तै क्रिश्चियन बाबाहरू पनि बलात्कारको प्रतिस्पर्धामा उत्रिनुभएको होला । हाम्रो तर्फबाट हाला लुया !

टिप्पणीहरू