मौन बस्ने अधिकार

प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरू यतिबेला अनौठो ढंगले मौन भएको देख्छु । विपक्षी भनेपछि सधैँ कराइरहनुपथ्र्याे । कराएपछि न सरकारले ध्यान दिन्छ ! कराउँदै नकराएपछि कसरी ध्यान दिन्छ ?

यसो सोच्छु, के कारणले कांग्रेस मौन भएको होला ? कराउनुपर्ने विषय नै नभएर हो कि ? प्रधानमन्त्री केपी ओली बिरामी परेर हो कि ? अथवा कोरोना भाइरसको सन्त्रास भएर हो ? कारण जे भए पनि एउटा कारण त होला नि !

त्यसो त कांग्रेसलाई कुनै कारण चाहिँदैन । जसरी कराउन कारण चाहिँदैन त्यसरी नै मौन बस्न पनि कारण चाहिँदैन । मौन बस्ने त उसको अधिकारको कुरा हो । कांग्रेसको अधिकार कसैले पनि हनन गर्न पाइँदैन । मान्छेलाई मौन बस्ने पूर्ण छुट संविधानले दिएको छ । कांग्रेस त्यही संविधान त पालना गरिरहेको छ नि ! यदि, कांग्रेसलाई कसैले मौन बस्न दिएन भने त्यो संविधानविपरीत हुनेछ । कांग्रेसले त्यसको विरुद्ध बरु बोल्नेछ ।

टिप्पणीहरू