​दोष भारतको होइन

हालैको कुरा हो, प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई कुनै गोप्य ठाउँबाट एउटा अचम्मको सूचना आएछ – भारतले जारी गरेको कालापानीको नक्शामा प्रधानमन्त्री ओलीको पनि समर्थन छ !

त्यसपछि उहाँले फ्याट्ट बोलिदिनुभयो– भारतले त ओलीकै सहमतिमा यो नक्शा बनाएको हो !

त्यसपछि देउवालाई लाग्यो होला, भारतले यो नक्शा जारी गरेकोमा भारतलाई गाली गर्नुपर्ने कुनै कारण छैन । गाली त ओलीलाई मात्रै गरे पनि पुग्यो । किनभने नक्शा जारी गर्नुमा भारतको कुनै दोष छैन । दोष ओलीको हो । ओलीकै समर्थनमा नक्शा जारी गरेको भनेपछि भारतलाई केही भन्नै परेन । किन भन्ने ? भारतले नक्शा जारी गरिसकेपछि ओलीले ? भारतलाई तथानाम गाली गर्नुभयो ? मोदीलाई हप्काउनुभयो ? यी कुनै पनि काम नगरेपछि आलोचना त ओलीकै गर्ने हो नि ! भारतको किन आलोचना गर्ने ? होइन र ? 

टिप्पणीहरू