​चिसोमा कुलमान

देशमा लोडसेडिङ हट्यो भने पनि बत्ती निभ्ने क्रमचाहिँ अझै हटिसकेको रहेनछ । बत्ती टाइम टाइममा गइ नै रहेको छ । खास गरी अस्ति मौसम चिसो भएको बेला बत्ती गएको गयै भयो । मौसम चिसो थियो, तर हिटर बाल्न पनि नमिल्ने गरी बत्ती गइरह्यो । मौसम चिसो भएकोले आगो कि भित्र बाल्नुप¥यो कि भित्र बाल्नुप¥यो । तर बलेन । 

मानिसहरू भन्न थाले– मौसम चिसो छ, त्यसमाथि बत्तीवाला हाकिमको नामै ‘कुलमान’ । कुलमान अर्थात ‘कुल’ । जसको नामै कुल छ त्यसलाई ‘हट’ को के मतलब ! यदि उहाँको नाम ‘हट’ भइदिएको भए चिसोको बेला नामै पनि काफी हुन सक्थ्यो । तर नाम ‘हटमान’ परेन । कुलमान मात्र प¥यो । अब जसको नामै कुलमान छ, उसलाई हटको व्याख्या के गर्नु ? अब हट भनेकै नबुझेपछि चिसोमा बत्ती बाल्न त सम्भवै भएन । कि कसो ? 

टिप्पणीहरू