बेपत्ता आमा–छोरी झुण्डिएको अवस्थामा
कैलालीमा चार दिनदेखि बेपत्ता आमा र काखेछोरी झुण्डिएको अवस्थामा भेटिएका छन् । घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी मृत फेला परेका हुन् ।
२९ साउनदेखि बेपत्ता उनीहरु घर नजिकैको सामुदायिक वनको रूखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।