पशुपतिमा पाँच सय रुपैयाँमा हड्डी किनबेच

पशुपतिमा पाँच सय रुपैयाँमा हड्डी किनबेच फाेटाे स्राेत : सामाजिक सञ्जाल ।

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी पाँच सय रुपैयाँमा किनबेच भएको खुलासा भएको छ ।

आर्यघाटमा अन्त्येष्टिका लागि ठिक्क पारिएको शवबाट मासु र हड्डी निकालिएको भन्दै मलामीले उजुरी गरेपछि आज एक जना पक्राउ परेका थिए । प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा ति व्यक्तिले पाँच सय रुपैयाँ लिएर शवबाट हड्डी निकालेर अर्का एक व्यक्तिलाई दिएको बताएका हुन् ।

उनले त्यही काम गर्ने एक जना युवकलाई त्यो हड्डी कपुरको भाँडोमा हालेर पठाएको बयान दिएका छन् । तर ती हड्डी किन्ने व्यक्तिबारे भने थप नखुलाएको बताइएको छ । 

घटनाबारे प्रहरी वृत्त गोशालाले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू