ओलीका कारण इमान्दार मान्छे पाखा परेको ठहर

ओलीका कारण इमान्दार मान्छे पाखा परेको ठहर

नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्तालाई पाखा पारिएको गुनासो गरेका छन् । 

पार्टी निर्माणमा योगदान गर्नेहरू पाखा परिदाँ एमाले अहिलेको संकटमा पुगेको उनको ठहर छ । अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको दावी गर्दै मानन्धरले जस र अपजस दुबै उनले नै लिनुपर्ने बताए । 

मानन्धरले आन्दोलन र पार्टी नेतृत्व दुबै सच्याउन केन्द्रीय किमिटीमै लिखित रूपमा प्रस्ताव दर्ज गरेको जानकारी दिँदै पार्टी र आन्दोलन फरक कित्तामा पुगेको निष्कर्ष पनि सुनाए । 

उनले एमालेमा युवा संगठन भए पनि युवा नभएको, किसान संगठन रहेको तर किसान एमालेसँग नभएको दावी पनि गरेका छन् । नेतृत्वको नालायकीको कारण कम्युनिष्ट आन्दोलन दुर्घटनाको शिकार भएको उनकाे विश्लेषण छ । 

पार्टीमा सामूहिकता हराएको बताउँदै मानन्धरले एउटा समूह अहिले पनि महाधिवेशनमा भाँडभैलो गर्ने गरी तयारी गरिरहेकोसमेत जानकारी गराए ।

राजनीतिक दल सम्बन्धी ऐनलाई नै व्यवस्थित गरेर दलहरूलाई प्रभावारी बनाउनुपर्नेमा जोडदिँदै उनले दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए ।
 

टिप्पणीहरू