१३ वर्षमा करोडौंको सम्पत्ति जोडेका सहसचिव श्रीमतीसहित फन्दामा
पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । झण्डै एक करोड रुपैयाँको स्रोत नखुलेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्धको मुद्दा विशेष अदालत काठमाडौंमा पुर्याएको छ ।
२०६६ जेठ २४ गते निजामति सेवामा प्रवेश गरेका यादवले २०७९ साउन २९ गतेसम्मको अवधिमा ३ करोड ६५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेका थिए । जसमा करिब ९७ लाख रुपैयाँ बराबरको स्रोत खुलेको देखिँदैन ।
आयोगका अनुसार, उक्त रकम उनले पदीय हैसियतको दुरुपयोग गरी कमाएर श्रीमती आशाकुमारी यादवको नाममा राखेका थिए । श्रीमान र श्रीमती दुवैलाई प्रतिवादी बनाउँदै सम्पत्ति जफत, कैद र जरिवानाको माग गरिएको छ ।
टिप्पणीहरू