नापीका सहयोगी रंगेहात पक्राउ
काठमाडौंको कलंकीस्थित नापी कार्यालयका कार्यालय सहयोगी एकेन्द्र कुँवर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालयबाट खटिएको टोलीले आज उनलाई १३ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको जनाइएको छ ।
अख्तियारका अनुसार कुँवरले चन्द्रागिरी नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि पुगेको टोलीले आज रंगेहात पक्रेको हो ।
टोलीले उनलाई कार्यालय परिसरमै घुससहित पक्रेको हो । एक थान मोबाइल बरामद गरिएका कुँवरमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू