लागूऔषध कारोबारी पक्रन गोली प्रहार

लागूऔषध कारोबारी पक्रन गोली प्रहार

धनुषामा गोली चलाएर प्रहरीले दुई जना लागूऔषध कारोबारी समातेको छ । 

लागूऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले आज मिथिला नगरपालिका–२ मा गोली चलाएर एक पुरुष र एक महिलालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार दुई राउन्ड गोली चलाएको थियो, जसमा एक जना (पुरुष) लाई लागेको छ । ती पुरुषको दाहिने खुट्टामा गोली लागेकोमा उपचार भइरहेको छ । 

घाइतेको अन्य विवरण भने खुलाइएको छैन । डिएसपी सिंहले भने, ‘उनको उपचार जारी छ । उपचारपछि सबै विवरण खुल्नेछ ।’ 

यद्यपि, उनीहरुको साथबाट दुई सय २५ ग्राम खैरो हेरोइन बरामद गरिएको जनाइएको छ ।

टिप्पणीहरू