ब्राभित्र कोकिनको डल्ला
लगाएको ब्राभित्र कोकिनको डल्ला राखेकी विदेशी महिला पक्राउ परेकी छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ब्राजिलियन महिला एमिली मिमेली सान्तोष फेरिइरालाई नियन्त्रणमा लिएको छ ।
२९ वर्षीया सान्तोषलाई आफूले लगाएको ब्राभित्र एक केजी ९५० ग्राम कोकिन लुकाएको अवस्थामा पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनी ब्राजिलबाट कतार हुँदै नेपाल आएको र भुटान जान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अहिले उनीमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको बताइएको छ । १० वटा प्याकेट बनाइएको कोकिन सबै सेतो रंगको कन्डोममा प्याक गरिएको थियो ।
टिप्पणीहरू