गुण्डानाइके र प्रहरीकाे लुकामारी

गुण्डानाइके र प्रहरीकाे लुकामारी

गुण्डानाइके भनेर चिनिएका राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आज थानकोटबाट नियन्त्रणमा लिएको जनाइएको छ । काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराले उनलाई बैंकिङ्ग कसुरको अभियोगमा पक्राउ गरिएको जानकारी दिए । 

उनले भने, ‘केही बेरअघि पक्राउ गरेका हौं । अहिले अनुसन्धान भइरहेको छ ।’ गोर्खाली नेपाली काँग्रेसनिकट मानिन्छन् । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २, मा काँग्रेसबाट उनी उम्मेदवार सिफारिस भएका थिए तर पछि टिकट पाएनन् । 

यता, गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन भने प्रहरी हिरासतबाट छुटेका छन् । साउन १५ गते महाराजगञ्जस्थित होटल साम्बालामा ‘बर्थ डे’ मनाइरहँदा समातिएका उनी अभद्र व्यवहारसम्बन्धी कसुरमा गत बुधबार काठमाडौं जिल्ला अदालतबाट ३० हजार रुपैयाँ र कुटपिट तथा ज्यान गर्ने उद्योगसम्बन्धी मुद्दामा शुक्रबार भक्तपुर अदालतबाट एक लाख १० हजार धरौटीमा छुटेका हुन् ।

टिप्पणीहरू