चिनियाँ पेस्तोल बोकी हिंड्ने नेपाली पक्राउ

चिनियाँ पेस्तोल बोकी हिंड्ने नेपाली पक्राउ

चिनियाँ पेस्तोलसहित एक जना नेपाली पक्राउ परेका छन् । सुर्खेतका विद्धान शाहीलाई चाइनिज पेस्तोलसहित समातिएको हो  । 

उनको साथबाट २२०११८६ नम्बर भएको टाइप ७७ पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय,सुर्खेतले जनाएको छ । सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहनजंग बुढाथापाका अनुसार उनी एक महिनाअगाडि वीरेन्द्रनगरबाट पक्राउ परेका हुन् । 

शाहीको साथबाट लागुऔषध पनि फेला परेको उनले जानकारी दिए । डिएसपी बुढाथापाका अनुसार उनी प्रहरीको हिरासतमा छन् । जनआस्थासँग उनले भने,‘उनी पक्राउ परेको ठ्याक्कै ३० दिन भयो । वीरेन्द्रनगरबाट समातिएका उनीसँग पेस्तोलसँगै लागुऔषध पनि बरामद भएको थियो ।’

टिप्पणीहरू