बिश्व

चीन–जापान विवादले २ हजार उडान रद्द

चीन–जापानबीचको राजनीतिक विवादका कारण एक हजार नौ सयभन्दा बढी उडान रद्द गरिएको छ । यसबाट डिसेम्बर महिनामा चीनबाट जापान जाने ४० प्रतिशतभन्दा बढी उडान प्रभावित हुने संकेत देखिएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनबाट उता जाने उडान रद्दका कारण जापानबाट फर्कने उडानमा पनि प्रभाव परेको छ । दुई देशबीचको बढ्दो कूटनीतिक तनावले यात्रु र एयरलाइन्स दुवै पक्षलाई चिन्ता थपिदिएको छ । यसबाट सबैभन्दा धेरै जापानी पर्यटन र विमान कम्पनीहरु प्रभावित भएका छन् ।

Page 1 of 39