भारतीय युवतीहरु असुरक्षित,मध्य लण्डनमै यौन दुर्व्यवहार
बेलायतको राजधानी लण्डनमा २० वर्षीया भारतीय युवतीमाथि यौन दुर्ब्यवहार भएको छ । बेलायती सञ्चारमाध्यमहरुका अनुसार शनिबार राति सेन्ट्रल लण्डनको उक्त घटनामा पीडित युवतीको स्वास्थ्य परीक्षणसँगै मनोवैज्ञानिक परामर्श शुरु गरिएको छ ।
स्थानीय प्रहरीले पनि घटनाको तत्काल अनुसन्धान थालिएको बताएको छ । लण्डन मेट्रोपोलिटन प्रहरीका अनुसार हालसम्म उक्त घटनामा कसैलाई पक्राउ गरिएको छैन । सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीहरूको भनाइका आधारमा अपराधीको खोजी गरिएको छ ।
‘हामी घटनाबारे पूर्ण अनुसन्धान गरिरहेका छौं र पीडितलाई सबै प्रकारको सहायता प्रदान गर्ने प्रतिबद्धता जनाउँछौं,’ प्रहरी प्रवक्ताले भनेका छन् । पीडित युवतीको गोपनीयता कायम राखिएको छ ।
लण्डनस्थित भारतीय दूतावासले पनि घटनाबारे उल्लेख गर्दै पीडित र उनका परिवारलाई आवश्यक सहयोगका लागि बेलायती अधिकारीहरूसँग सम्पर्कमा रहेको जनाएको छ ।
टिप्पणीहरू