शक्तिशाली राष्ट्रपतिहरुले रोजे अरू नेता नभएको ठाउँ

शक्तिशाली राष्ट्रपतिहरुले रोजे अरू नेता नभएको ठाउँ

चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भोलि भेटघाट हुने भएको छ । भेटका लागि दक्षिण कोरियामा हुन लागेको एपेक शिखर सम्मेलनको मुख्य कार्यक्रमस्थल ग्योंग्जुबाट करिब ८५ किलोमिटर टाढाको बुसान शहर रोजिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले भेटको पुष्टि गर्दै दुवै नेताबीच ‘दुईपक्षीय सम्बन्ध र साझा चासोका विषयमा विचारविमर्श हुने’ जनाएको छ । मन्त्रालयका प्रवक्ता कुओ जियाकुनका अनुसार, बैठकमा रणनीतिक र दीर्घकालीन विषयका साथै दुई देशबीचको महत्वपूर्ण साझा चासोका मामिलामा गहन छलफल हुने अपेक्षा गरिएको छ।

विशेषज्ञहरूले मुख्य फोरमबाट अलग स्थान रोजिएको सन्दर्भलाई सुरक्षा र गोपनीयताका कारण भएको अनुमान लगाएका छन् । भोलिको भेटले हाल तनावपूर्ण अवस्थामा रहेको चीन–अमेरिका सम्बन्ध सुधारमा केही प्रगति हुने अनुमान गरिएको छ ।

यसअघि एपेक सम्मेलनस्थलमा दुवै देशका अन्य नेताहरूको उपस्थितिमा भेटघाट हुने अपेक्षा गरिएको थियो । तर संवेदनशील विषयहरूमा छलफल गर्न अलग स्थान रोज्नुको कारण सुरक्षा र गोपनीयतालाई ध्यानमा राखिएको भनिएको छ ।

टिप्पणीहरू