उत्तर कोरियामा भेटवार्ता, ‘अटुट सैन्य भाइचारा’को चर्चा
रुसी विदेशमन्त्री सर्गेइ लावरोभले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेट गरेका छन् । रुसी विदेश मन्त्रालयले उत्तर कोरियाको ओन्सान शहरमा भएको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई ‘अटुट सैन्य भाइचारा’ को संज्ञा दिएको छ ।
उक्त भेटलाई राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष गरेको उत्तर कोरियाको भ्रमणपछि थालिएको रणनीतिक संवादको निरन्तरता भनिएको छ । भेटमा रुसी विदेशमन्त्रीले राष्ट्रपति पुटिन किमसँग निकट भविष्यमा प्रत्यक्ष भेट गर्ने अपेक्षामा रहेको जानकारी गराएको च…