उत्तर कोरियामा भेटवार्ता, ‘अटुट सैन्य भाइचारा’को चर्चा

उत्तर कोरियामा भेटवार्ता, ‘अटुट सैन्य भाइचारा’को चर्चा

रुसी विदेशमन्त्री सर्गेइ लावरोभले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेट गरेका छन् । रुसी विदेश मन्त्रालयले उत्तर कोरियाको ओन्सान शहरमा भएको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई ‘अटुट सैन्य भाइचारा’ को संज्ञा दिएको छ ।

उक्त भेटलाई राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष गरेको उत्तर कोरियाको भ्रमणपछि थालिएको रणनीतिक संवादको निरन्तरता भनिएको छ । भेटमा रुसी विदेशमन्त्रीले राष्ट्रपति पुटिन किमसँग निकट भविष्यमा प्रत्यक्ष भेट गर्ने अपेक्षामा रहेको जानकारी गराएको चिनियाँ समाचार समिति सिजीटिएनले जनाएको छ । 

त्यसअघि लावरोभले उत्तर कोरियाली समकक्षी छोए सोन हुईसँग वार्ता गरेका थिए । मलेसियाको राजधानी क्वालालम्पुरमा भएको आसियान राष्ट्रका विदेशमन्त्रीहरुको बैठकमा भाग लिएर उनी ओेन्सान पुगेका हुन् । 

यो भ्रमण र भेटघाटलाई पश्चिमा राष्ट्रहरुले दुई देशबीच कायम रहेको सामरिक सहकार्यलाई रक्षा सम्झौतासम्म विस्तार गर्ने प्रक्रियाको रुपमा लिइएको छ ।

टिप्पणीहरू