एमाले बैठकका अन्तरंग खबर
‘बा’ भन्ने, फोटो खिच्दै अघिपछि लाग्ने, गुरुरु मोटरसाइकलले एस्कर्टिङ गर्ने– कमरेड केपी शर्मा ओलीका हकमा अब यस्ता दृश्य देख्न छाडिएको छ ।
एमाले नेताहरू भन्छन्, ‘अहिले उहाँ डालो बोकेर ठिमीको उकालो लाग्नुभएको छ ।’ अर्थात्, पुरानो रौनक न उहाँमा छ, न पार्टीका बैठक र भेलाहरूमा नै । भर्खरै सम्पन्न केन्द्रीय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदनउपर खासै छलफल भएन, तर पारित भएको घोषणा गरियो । प्रतिवेदनमाथि छलफल गराउनै नचाहेको नेताहरूले बताएका …