प्रभु बैंकका सिइओहरु हाजिर जमानीमा छुटे

प्रभु बैंकका सिइओहरु हाजिर जमानीमा छुटे

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनलगायत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को हिरासतमा रहेका कर्मचारीहरु हाजिर जमानीमा छुटेका छन् । ब्युरोले अनुसन्धानको नाममा बेफ्वाँकमा चार साता हिरासतमा राखेपछि उच्च अदालत पाटनका न्यायाधीशहरु चन्द्रबहादुर सारु र गीता तिम्सिनाको गत हप्ताको संयुक्त इजलासले पाँच दिनभित्र बयान सक्न अन्तिम पटक म्याद थपको अधिकार दिएको थियो । 

ब्युरोले पाँच दिनभित्र अदालतको आदेश पालना गरेको अवस्था नदेखिएपछि शेरचनलगायत झण्डै आधा दर्जन कर्मचारी अहिले हाजिर जमानीमा छुट्ने अवस्था बनेकाे हाे ।  प्रभु म्यानेजमेन्टको लेनदेनको लफडामा मुछिएका देवी भट्टचन र कुसुम लामाको विवादमा अनावश्यक ढंगले सिआईबीले शेरचन र प्रभुका अन्य कर्मचारीलाई नियन्त्रणमा लिएर २७ दिन हिरासतमा राखेको थियो ।

विशेष सरकारी वकिलको कार्यालयले अशोकलाई हाजिर जमानीमा छाडिसकेको छ । रिहाइको कागज गराउन हिरासतमा रहेका मणीराम भुसाल,रिवाज श्रेष्ठ र राजेन्द्र शाक्यहरुलाई सिआइबी मुख्यालय,लैनचौर लगिएको छ । यसअघि देवी भट्टचन पनि सरकारी वकिल कार्यालयबाटै छुटेका थिए ।

टिप्पणीहरू