प्रधानमन्त्रीको दाबी - नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्छ

प्रधानमन्त्रीको दाबी - नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा तत्कालीन राष्ट्रपतिले होल्डमा राखेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषय एक महिनाभित्रमा टुंगो लाग्ने बताउनुभएको छ।

प्रतिनिधिसभा बैठकमा जारी प्रश्नोत्तर कार्यक्रम सांसदद्वय दीपक कार्की र योगेन्द्र मण्डलले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने बताउनु भएको हो ।

संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसै रोकेर राखेपछि उक्त विधेयकको कानुन तथा संवैधानिक हैसियतबारे अहिले बहस छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयकको विषयमा के गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको जानकारी गराउनुभयो भयो ।

यसअघि सांसदद्वयले प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएको ६ महिनाभित्रमा नागरिकता विवाद हल गर्ने प्रतिवद्धता जनाएको स्मरण गराउँदै यसबारे चासो राखेका थिए ।
 

टिप्पणीहरू